यस वर्ष पनि हङकङका विद्यालयहरुमा आधा दिनमात्र पढाई हुने…!

एचकेनेपाल डट कम –

हङकङ, ५ अगष्ट । यस वर्ष पनि हङकङका विद्यालयहरुमा आधा दिनमात्र पढाई हुने शिक्षा ब्यूरोले शुक्रबार घोषणा गरेको छ।

फोटोः 247 News TODAY

शिक्षा ब्यूरोले अर्को सूचना जारी नभएसम्मको लागि शैक्षिक सत्र २०२२-२०२३ मा आधा दिनमात्र आमने सामने (फेस टु फेस) कक्षाको व्यवस्था जारी रहने जनाएको छ।

पछिल्लो महामारीको अवस्था, विद्यालयको तयारी र स्वास्थ्य विज्ञहरूको व्यावसायिक सल्लाहलाई ध्यानमा राखेर निर्णय गरिएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, दैनिक एन्टिजेन परीक्षण व्यवस्था अर्को सूचना नभएसम्म जारी रहनेछ।

प्रत्येक शिक्षक, विद्यालयका कर्मचारी र विद्यार्थीले विद्यालय जानुअघि प्रत्येक दिन RAT (ऱ्यापिड टेस्ट) पूरा गर्नु पर्नेछ। RAT को नेगेटिभ नतिजा हुनेलाई मात्र विद्यालय जान पाउंने विज्ञप्तिमा उल्लेख छ।





Comments

comments

54825