यस्ता थिए – विश्वचर्चित व्यक्तिहरूका सुसाइड नोट

आत्महत्याको बाटो रोज्ने विश्वप्रसिद्ध केही व्यक्तिले अन्तिम समयमा लेखेका शब्दहरुले आत्महत्या रोज्नुको कारण देखाएका छन्। भर्जिनिया उल्फको सुसाइड नोट होस् या हिटलर वा विश्वकै चर्चित गायक कर्ट कोबिनको नै किन नहोस्, सबैको आत्महत्याले जति विश्वमा चर्चा कमाएको थियो। त्यति नै उनीहरुको सुसाइड नोटले पनि कमायो।

एडोल्फ हिटलर

नाजी पार्टीका संस्थापक हिटलरले जब आफ्नो पराजय निश्चित देखे, तब आत्महत्या गर्ने निर्णय गरे। उनी आफूले मात्र आत्महत्या गरेनन्, आफ्नी पत्नीलाई पनि त्यही बाटोमा लगे। आफैंलाई सुट गरेर आत्महत्या गरेका थिए उनकी श्रीमतीले पोटासियम साइनाइड खाएकी थिइन्। अन्तिममा उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए, ‘अब हामीले मृत्यु नै रोज्यौं। म चाहन्छु, मेरो शरीर मैले सबैभन्दा लामो समय काम गरेको ठाउँमा लगेर जलाइयोस्।’

जर्ज स्यान्डर्स

हलिउड अभिनेता जर्ज स्यान्र्डसले पनि आत्महत्याको बाटो नै रोजे। आत्महत्या गर्नुअगाडि उनले लेखेका थिए, ‘प्यारो विश्व, म तिमीलाई अब छाड्नेछु। तिम्रो गुन मैले तिर्न सकिनँ, मलाई क्षमा गर।’

भर्जिनिया उल्फ

विश्वप्रसिद्ध लेखिका भर्जिनियाले आफ्नो कोटमा ढुंगा राखेर नदीमा डुबेर हात्महत्या गरेकी थिइन् ।उनले आफ्नो श्रीमानलाई सम्बोधन गरेको सुसाइड नोटमा लेखेकी थिइन्, ‘हाम्रोजस्तो जोडी सायदै यो संसारमा अर्को थियो होला। म तपाईंलाई थप पीडा नदिने सोचमा छु र आजैबाट टाढा जाँदै छु।’

जेम्स ह्वेल
फिल्म निर्देशक जेम्सको आत्महत्या उनले बनाएका चलचित्रहरु द इनभिजिबल म्यान, द ओल्ड डार्क आउसभनदा कम चर्चित रहेन। आत्महत्याको केही घण्टाअगाडि उनले आफ्नो सुसाइड नोटमा लेखेर छाडेका थिए, ‘भविष्य झनै खतरनाक र खत्तम छ। मलाई भने शान्ति चाहिएको छ। र, यो नै मेरा लागि उत्कृष्ट उपाय हो।’

निकोलस सेवास्टिन
फ्रेन्च लेखक निकोलस सेवास्टिनले त्यतिबेला आत्महत्याको निर्णय लिए, जतिबेला उलका लेखहरुले लोकप्रियता पाइरहेको थियो। बारम्बार आत्महत्या गर्ने प्रयास गरेका उनले अन्तिममा आफ्नै कार्यालयमा आत्महत्या गर्दा रगतले अन्तिम वाक्यहरु लेखे, ‘म आफ्नै कारणले मर्न चाहेको हुँ। उसमा कसैको पनि दबाब छैन। र, यो मर्ने निर्णय भने यो जेलमा दासी भएर बस्न नचाहनु हो। यो विश्व नै मेरा लागि एउटा कारागार हो।’

क्लारा ब्लेन्डिक
हलिउड अभिनेत्री क्लाराले आफ्नो बिग्रिएको स्वास्थ्यको कारण आत्महत्या गर्नुपरेको बताइन्। स्लिपिङ पिल्स खाएर उनले आत्महत्या गर्नुअगाडि आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘अब म एउटा ठूलो एडभेन्चर गर्दै छु। यो दुखलाई म अब एक मिनेट पनि सहन सक्दिनँ। यो मेरो शरीरमा मात्र होइन, मस्तिष्कमा पनि फैलिसकेको छ।’ आजको नयाँ पत्रिकामा छापिएको छ।





Comments

comments

Leave a Reply

5496