Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बसन्त र समिरलाई कोरियाबाट ३ लाख ४ हजार सहयोग

निश्चल काउचा / एचकेनेपाल डट कम –
सोल, नेपाल मगर संघ दक्षिण कोरियाद्वारा संकलित रकम रु. ३ लाख ४ हजार जिब्रोका रोगी बसन्त सिंजाली मगर र मुटुका रोगी समिर सिजाली मगरलाई संस्थाका निवर्तमान महासचिव सिपी मगर र समाजसेवी जुनु पुनले एक कार्यकमको बीच रकम हस्तातरण गरेका छन्।

उक्त अवसरमा बिरामीका बाबा, आमा, मामालगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो। दाङ हासिपुरका ति दुई बालक परिवारको आर्थिक स्थिति न्यून भएको कारण उपचार हुन सकेको थिएन।

हाल उनीहरुको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा उपचार भैरहेको छ र स्वास्थ्यमा क्रमिक सुधार आईरहेको बिरामीका आमा हिमा सिजालीले जानकारी दिएकी छन्। कोरियामा रकम संकलन गर्न बिशेष सहयोग गर्नु हुने संस्थाका सक्रिय सदस्यहरु हिक्मत पुलामी मगर, हुबिर थापा मगर र राजु रास्कोटी मगरलाई नेपाल मगर संघ कोरियाले धन्यवाद दिएको छ।





Comments

comments

Leave a Reply

5503