‘छेक्यो छेक्यो देउराली डाँडा’का स्रष्टा सुक गुरूङलाई हङकङबाट सहयोग

दिनेश आचार्य/ एचकेनेपाल डट कम-
चैत २१, पोखरा। नेपाली गीत संगीत क्षेत्रका चर्चित गीतहरु छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, भाईटिकामा भेट्न आउँला, अरुण लामाको स्वरमा रहेको दोष कसैलाई दिन चाहन्नलगायत थुप्र्रै गीतहरुका रचनाकार एवं संगीतकार सुक गुरुङलाई उपचारका लागि हङकङका नेपालीहरूले ४ लाख २८ हजार रुपैयाँ सहयोग गरेका छन्।

हङकङमा बस्ने नेपाली दाजुभाईहरुले सहयोग रकम संकलन गरी राजधानीमा गुरुङ र उनकी श्रीमती जुना गुरुङको उपस्थितिमा रकम हस्तान्तरण गरेको समाजसेवी कुलप्रसाद गुरुङले जानकारी दिए। गुरुङको उपचार सहयोगार्थ हङकङमा ४ लाख २८ हजार रुपैयाँ संकलन भएको थियो।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी रहेका गुरुङलाई पछिल्लो समय मृगौला र दृष्टिमा समेत समस्या देखा परेको हङकङमा बसोवास गर्दै आएका तथा नेपथ्य समूहका पूर्वसदस्यसमेत रहेका भिम पुनले जानकारी दिए। हङकङमा रहेका नेपाली दाजुभाईहरुले गुरुङको उपचारार्थ भेटरान गु्रप नामक संस्था स्थापना गरी रकम संकलन गरिएको पुनले जानकारी दिए। बिरामी गुरुङको काठमाडौको शिक्षण अस्पतालमा उपचार भैरेको छ।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य समूहमा आवद्ध थिए। नेपाली संगीत क्षेत्रमा अग्रस्थान जमाउन सफल थुप्रै गीतहरुको रचना साथै संगीत भरेका गुरुङका अन्य गीतहरुसंगै ईशारा भाग १, भाग २ लगायतका गीति एल्बमहरु बजारमा आएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5512