Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गौरको कर्फ्यू हट्यो…

एचकेनेपाल डट कम संवाददाता-
रौतहट, चैत्र २२ – स्थानीय प्रशासनले शनिवार दिउँसो २ बजेबाट अनिश्चितकालका लागि लागु गरेको कर्फ्यू आइतवार बिहान हटाएको छ।

सशस्त्र प्रहरीको गाडीको ठक्करबाट शुक्रवार राति गौर नगरपालिका-१० का ५० वर्षीय रामआशिष ठाकुरको मृत्यु भएपछि स्थानीयहरू उग्र भएर सडकमा उत्रेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो।

सेवा केन्द्र विस्तारको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएपछि शुक्रवार राति कर्फ्यू लगाएको थियो। राति ठाकुरको प्रहरीको गाठीको ठक्करबाट मृत्यु भएपछि आन्दोलन झन उग्र भएको हो। प्रशासनले गौरलार्इ निषेधित क्षेत्र घोषणा गरेको थियो।

आन्दोलनमा उत्रेका स्थानीयले गौरमा प्रहरीको एक भ्यानमा आगो लगाएका थिए। त्यस्तै उत्तेजित भिडले जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौ राउन्ड हवार्इ फायर गरेको थियो। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जना घाइते भएका छन् उनीहरूलार्इ उपचारका लागि अस्पताल लगिएको छ।





Comments

comments

Leave a Reply

5507