पोखरामा वर्ल्डकप

पोेखरा एफएम / एचकेनेपाल डट कम-
पोखरा २८ जेठ। खेलकुद, सूचना र मनोरञ्जनलाई आतमसाथ गर्दै पोखरामा सञ्चालनमा रहेको पोखरा एफ एमले विश्वकपलाई मध्यनजर गर्दैै वर्ल्ड कप इन पोखराको आयोजना गर्ने भएको छ।

जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा सञ्चालन हुन लागेको विश्वकपलाई मध्यनजर गर्दै एफ एमले वर्ल्ड कप इन पोखराको आयोजना गर्न लागेको बुधवार पत्रकार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा वोल्दै एफ एमका प्रमुख कार्यकारी निर्देशक उत्तममान बुद्धाचार्यले विगतदेखि हरेक वर्ग , तह र तप्काका लागि आफ्नै मौलिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको एफ एमले यसपटक पनि विश्वकपलाई रेडियोको माध्यमबाट पोखरामा फुटबलको उत्सवलाई महोत्सव बनाउनका लागि वल्र्ड कप इन पोखराको आयोजना गर्न लागेको वताए।

एफ एमले सञ्चालन गर्ने कार्यक्रममा विश्वकपका सम्पूर्ण जानकारी तथा विश्लेषणत्मक कुराकानी गर्नुका साथै श्रोता सहभागितालाई मध्यनजर गर्दै प्रत्येक दिन विश्वकप सम्बन्धी प्रश्न सोधि त्यसको जवाफ एस एम एसको माध्यमबाट लिई प्रत्येक दिन लक्की ड्र बाट एकजनालाई बिजयी वनाइने एफ एमका स्टेशन ईन्चार्ज संजय मल्लले जानकारी दिए।

हरेक दिनको विजयी श्रोताले रु. १ हजार बराबरको पुरस्कार स्वरुप आफूलाई मन पर्ने देशको जर्सी तथा गिफ्ट ह्याम्पर प्राप्त गर्ने वताउदै स्टेशन ईन्चार्ज मल्लले सप्ताहिक लक्की ड्र मा हरेक हप्ता कलर्स को एउटा मोवाइल प्रदान गरिने वताए। फुटबलको रौनक बढाउन तथा श्रोता सहभागितालाई मध्य नजर गर्दै वल्र्ड कप अवधि भर सबै भन्दा धेरै एस एम एस गर्ने श्रोतालाई एउटा कलर्स मोवाइल र बेष्ट स्कोररको रुपमा एउटा गोल्डेन बुट ट्रफी को रुपमा प्रदान गरिने एफ एमले जनाएको छ। फोन मार्फत सबै भन्दा धेरै सहभागिता जनाउने श्रोतालाई बेष्ट पार्टीसिपेटको रुपमा सिल्भर बुट ट्रफी प्रदान गरिने र अन्त्यमा वल्र्ड कप सम्बन्धी सोधिएको मुल प्रश्नको जवाफमा एस एम एस गर्ने र सहि अनुमान गर्ने श्रोताहरुबाट एक जना श्रोतालाई लक्की ड्र बाट विजयी श्रोतालाई महेन्द्रपुल सिता भवनस्थित वल्र्ड टेक सोलुसनले प्रायोजन गरेको ५० हजार बराबरको एक थान ब्राण्डेड ट्याब्लेट र ट्रफी उपहार प्रदान गरिने एफ एमले जनाएको छ। उक्त कार्यक्रमलाई वल्र्ड टेक सोलुसन महेन्द्रपुल, जीयन्ट एजुकेशन कन्सल्टेन्सी चिप्लेढुंगा, दिस एण्ड द्याट विशाल बजार, बाकेलाल स्पोर्टस् विशाल बजार, सेभेन बी फोन जोन, विशाल बजार योर्स स्पोर्टस महेन्द्रपुल, क्वीन्स कलेक्सन, स्टेशन गल्ली, नमस्ते नान्दोज एयर रेष्टुरेण्ट लेकसाइड, दीप एजुकेशन कन्सल्टेन्सी, सत्यम ईन्टरनेश्नल प्रा.लि.अमरसिंह चोक, अंकित स्पोर्टस, सफल ट्रेडिङ , सेभेन ब्रोदर आई टी शोलुसन नयाबजार, स्यामसुङ प्लाजा पृथ्वीचोक, ट्रिनिटी एजुकेशन फाउण्डेशन, च्याम्पियन स्पोर्टस सेन्टर नयाबजार र आवर आविस्कार स्टेशनरी नागढुङगाले प्रायोजन गरेका छन।





Comments

comments

55