३२औं एएनए सम्मेलनको दर्ता शुल्क $ १५.०० मात्र

विजय थापा / एचकेनेपाल डट कम-
जेष्ठ २८, भर्जिनिया। ३२ औं एएनए डिसी सम्मेलनमा पूर्व सूचना गरिएको एएनए रजिस्ट्रेशन फी (दर्ता शुल्क )$ २० .०० डलरबाट घटाई केवल $ १५.०० पन्ध्र डलर गरिएको छ।

समुदायको चाहना र आग्रहलाई मध्यनजर गर्दै $ २०.०० डलर बाट १५.०० डलर कायम गरिएको जानकारी गराईएको छ। उक्त १५.०० डलरबाट उठेको रकम मध्ये १ डलर नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र म्यारिल्याण्डलाई जाने छ भने र अर्को एक १ डलर एएनए नेपाली साहित्य प्रतिष्ठानलाई जाने आयोजकले बताएको छ।

सम्मेलनको लागि अग्रिम रुपमा दर्ता गरेका महानुभावहरुको हकमा $५.०० डलर फिर्ता गरिने जानकारी दिइएको छ भने सम्मेलन नजिकिदै गएकोले चाँडो भन्दा चाँडो सम्मेलनको लागि दर्ता गर्न आग्रह गरेको छ। बिस्तृतको लागि सम्मेलन वेब (संजाल) www.anadcconvention2014.org हेर्न आग्रह गरिएको छ।





Comments

comments

60