हङकङ आउंनेलाई होटल क्वारेन्टिन अब ३ दिनमात्र…

एचकेनेपाल डट कम –

हङकङ, ८ अगष्ट । हङकङमा भित्रिने यात्रुहरुका लागि होटल क्वारेन्टिन अवधि ७ दिनबाट घटाएर अब ३ दिनमात्र गरिने भएको छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले सोमबार सञ्चारकर्मीहरुसंग बोल्दै अगस्ट १२ तारिख शुक्रवारदेखि लागू हुने गरी हङकङ भित्रिने यात्रुहरूका लागि होटेल क्वारेन्टिन ७ दिनबाट घटाएर ३ दिनको हुने जानकारी दिएका हुन्।

लीका अनुसार होटेल क्वारेन्टिन सकेपछि उनीहरु घरमा ४ दिनको चिकित्सा निगरानी रहने छन्। यस अवधिमा उनीहरुले रेस्टुरेन्ट र बारहरू जस्ता उच्च जोखिमयुक्त ठाउँहरूमा जान पाउंने छैनन्।

तर, उनीहरुलाई सार्वजनिक यातायात लिन, शपिंग मल, डिपार्टमेन्ट स्टलहरू र सागसब्जी बजारहरूमा प्रवेश गर्न अनुमति दिइनेछ। यसको लागि उनीहरूले प्रत्येक दिन ऱ्यापिड एन्टिजेन टेस्ट गरेको परिणाम नेगेटिभ हुनु पर्ने छ।

७ दिनको क्वारेन्टिन होटल कोठाहरू बुक गरिसकेका यात्रुहरूले कुनै परिवर्तन गर्न नपर्ने र प्रयोग नगरिएको रातको पैसा स्वतः फिर्ता हुने सरकारले जानकारी दिएको छ।





Comments

comments

55085