मिस नेपाल नर्थ अमेरिकाको उपाधि प्रतियुशा बोहरालाई..

विजय थापा –
न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बनेकी छिन्।

न्यूयोर्कको क्विन्समा शनिबार भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्द्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन्। यसै गरि प्रथम बिजेता आन्या थापा तथा द्वितीय बिजेता दिव्या पन्त भएका छन्।

१४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागी भएका थिए। पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेकामध्ये मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो।

१४ जना प्रतियोगीहरुमा आन्या थापा कोलोराडो, बिष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्ययोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस ,सारा कार्की टेक्सस, सरोज तामाङ मिसिगन, शिला बस्नेत सान फ्रान्सिस्को, शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिका लयालु टेक्सस ,छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए।

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिईन भने उनले यस बर्षसहित चौथो पटक कोरियोग्राफरको जिम्मेबारी पाईकी थिईन्।





Comments

comments

55118
%d bloggers like this: