हङकङमा कोरोना भाइरसबाट थप ५,३०८ जना सङ्क्रमित, ३ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १३ अगष्ट । हङकङमा कोरोना भाइरसबाट थप ५,३०८ जना सङ्क्रमित र थप ३ जना विरामीको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार आज ५,१४८ स्थानीय र १६० आयातित गरी कुल ५,३०८ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये २६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ९५ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

१७८ बिरामी अझै अस्पतालमा छन् भने १४४ जना डिस्चार्ज भइसकेका छन्।

कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

55495