Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

घाउ कोट्याउन मन छैनः सुन्तली धामी

काठमाडौं, चैत २८ – मैले पत्रपत्रिका र अनलाइनबाट मेरो कथामा चलचित्र बन्दैछ भन्ने थाहा पाएँ। एक वर्षअघि मलाई फोन आएको थियो।

म अफिसमा थिएँ। मलाई फोन गरेर चलचित्रको बारेमा कुराकानी गर्नुछ भन्नुभएको थियो। मैले सोचेर जवाफ दिन्छु भनेकी थिएँ। त्यसपछि उहाँहरूसँग केही कुराकानी भएन। केही समयपछिदेखि सुन्तली धामीको कथामा चलचित्र बन्दैछ भनेर समाचार आउन थाल्यो। मलाई त अचम्म लाग्यो। अन्नपूर्ण पोष्टमा गरिएको कुराकानी भनेकी छन्।

मेरो कथाव्यथा उहाँहरूलाई कसरी थाहा भयो? त्यो त मलाई मात्र थाहा छ। समाचार आउन थालेपछि मानिसले कुरा काट्न थालेको थाहा पाएँ। कतिले त सुन्तलीले पैसा खाएर आफ्नो कथा बेचीसम्म भने। मलाई दुःख लाग्यो मैले पाएको पीडाले अहिलेसम्म मलाई तनाव भइरहेको छ। चलचित्रको कुराले मलाई थप तनाव भयो। उहाँहरूसँग कुराकानी भएको थियो भने म पनि केही बोल्न सक्थेँ होला। कम्तिमा मलाई सोधेर बनाएको भए हुन्थ्यो। मलाई चलचित्र हेरेर घाउ कोट्याउन मन छैन। तर म चलचित्रको विरोध पनि गर्दिनँ।





Comments

comments

Leave a Reply

5620