हङकङमा इन्डोनेसियाली महिलाद्वारा आत्महत्या…

एचकेनेपाल डट कम –

हङकङ, २५ अगष्ट। इन्डोनेसियाली महिलाले विहीवार बिहान आफू बस्ने भवनबाट हामफालेर आत्महत्या गरेकी छन्।

आज बिहान करिब ३ बजे एक इन्डोनेसियाली महिला क्वुन टोङको चुई पिङ नर्थ स्टेटस्थित चुई पाक हाउसबाट हाम फालेर आत्महत्या गरेकी छन्।

प्यारामेडिकको टोलीले उनको घटनास्थलमै मृत्यु भएको प्रमाणित गरेको छ।

प्रहरीले घटनास्थलमा सुसाइड नोट फेला पारेको छैन। अनुसन्धानपछि उक्त भवनमा बस्ने ३९ वर्षीया महिला भवनबाट खसेको पुष्टि भएको हो। मृत्युको कारण पोस्टमार्टमबाट पत्ता लाग्ने जनाइएको छ।

यदि तपाईंसँग आत्महत्या गर्ने प्रवृत्ति वा डिप्रेसन छ भने २४-घण्टा बहु-भाषिक हटलाइन 28960000 मा सम्पर्क गर्न सक्नुहुने छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

56290