हङकङमा दिनदहाडै दक्षिण एसियालीले सुन पसलमा गऱ्यो लुटपाट…

एचकेनेपाल डट कम –

हङकङ, २५ अगष्ट। दक्षिण एसियाली एक व्यक्तिले दिनदहाडै व्यस्त शहर युन लङको एउटा गहना पसल लुट्दै अर्को अपराध गरेका छन्।

आज दिउँसो १:१० बजे एक दक्षिण एसियाली एक चोरले युन लङको फुक होङ स्ट्रीटमा रहेको गहना पसलमा प्रवेश गरी करिब १ फिट लामो धारिलो चक्कु निकालेर कर्मचारीलाई धम्की दिदै सुनका गहना लुटेर भागेका छन्।

थुप्रै स्थानीय मिडियाले यसबारे समाचार लेखेका छन्। यद्यपि, उनीहरुले घटनामा संलग्न व्यक्तिलाई दक्षिण एशियाली भने पनि विस्तृतमा उल्लेख गरेका छैनन्।

पसलमा लुटपाट भएको खबर पाएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

56295