Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायती राजकुमार ह्यारीले गोर्खाहरुलाई भेट्ने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायती राजकुमार ह्यारीले गोर्खाहरुलाई भेट्ने

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन, चैत २८ – बेलायती राजकुमार ह्यारीले अफगाननिस्तानको युद्धभूमिमा संगै काम गरेका गोर्खाहरुसंग २०० बर्ष पुगेको स्वर्णिमघडिको विशेष समारोहमा सरिक भई गोर्खाहरुसंग भेटघाट गर्ने भएका छन्।

राजकुमार ह्यारीले सन् २००७ र २००८ सम्म अफगानिस्तानको हेल्मण्ड प्रान्तमा गोर्खाहरुसंग रहंदा एयर कन्ट्रोलरको जिम्मेवार सम्हालेका थिए। अफगानिस्तानको युद्धभूमिमा सँगै काम गरेका गोर्खाहरुसंग पुनः भेटघाट गर्न राजकुमार ह्यारी उत्साहित छन्।

गोर्खाहरुले बेलायत सैनिक भएर सेवा गर्न थालेको २०० वर्ष पुगेको अवसरमा आउने जुन महिनामा हुन लागेको द्विशतवार्षिकी समारोहमा राजकुमार ह्यारी मात्र हैनन बेलायती महारानी एलिजावेथ, उनका पति डुयुक अफ एडिनवरा र युवराज चाल्र्स समेत उपस्थित रहने बेलायती अनलाईन खबरले जनाएको छ।

राजकुमार ह्यारीले गोर्खाहरुसंग अफगास्तिानको युद्धभूमिमा विताएको दुई महिनाको समय अवधि जीवनकै अविस्मरणिय र सुखद क्षण मध्य पर्ने विगतबाटै बताउदै आएका छन्। ह्यारीले गोर्खाहरुको साथमा हुंदा जतिको सुरक्षित अरु कोही कसैसंग नहुने समेत बताएका थिए।

कन्स्पिसियस ग्यालान्ट्री क्रस (सिजिसी) पदक समेत पाएका सार्जेन्ट दीपप्रसाद पुन अफगानिस्तानमा राजकुमार ह्यारीसित काम गर्न पाएकोमा आफूलाई भाग्यशाली भएको बताउँछन्। गोर्खाहरु सन् १८१४ देखि बेलायती सेनामा सेवारत छन्। अंग्रेज – नेपाल युद्धका क्रममा गोर्खाहरुको आदम्य साहस, बहादुरी र निडरपनबाट अंग्रेज अफिसरहरु प्रभावित भएपछि युद्धविराम गरी गोर्खाहरुलाई आफ्नो सेनामा भर्ती गरेको ईतिहासमा पाईन्छ। त्यस समय यता गोर्खाहरुले भाग लिएको लडाइँहरुमा बेलायतको तर्फबाट सम्मानित गरिने सवै भन्दा प्रमुख पदक भिक्टोरिया क्रस नै गोर्खाहरुले १३ वटा प्राप्त गरिसकेका छन्।





Comments

comments

Leave a Reply

5630