Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रहरीबाट भाग्न खोज्दा ३ तलाबाट खसेर मृत्यु

काठमाडौं, चैत २९ – जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा तीन तलाबाट खसेर एकजनाको मृत्यु भएको छ। कोटेश्वरको सहयोगीनगरमा तीन तलाबाट खसेर भपटबहादुर शाहीको मृत्यु भएको हो।

शाही अवकाशप्राप्त सरकारी कर्मचारी हुन्। उनले आफ्नै घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले शनिबार दिउँसो छापा हानेको थियो। पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि उनी झ्यालबाट भाग्न खोजेका थिए।

घरको टपबाट भाग्न खोज्दा चिप्लिएर उनी लडेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जवा खेलिरहेको अवस्थामा अन्य १२ जनालाई भने प्रहरीले पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

5645