Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कहाँ बेपत्ता भए राहुल गान्धी?

एजेन्सी – भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीको खोजी भारतमा बढेको छ। तर, उनी सक्रिय राजनीतिमा कहिले फर्किने हुन् भन्ने निश्चित छैन। भारतीय कंग्रेसले समर्थकको प्रश्नलाई मत्थर गर्न राहुल गान्धी राजनीतक बिदामा म्यानमार पुगेको जानकारी दिएको छ।

कंग्रेस अध्यक्ष सोनिया गान्धीले राहुल केही दिनमै फर्किने र देशभर र्यालीमा सहभागी हुने जानकारी पनि दिएकी छन्। तर, राहुल फर्किएलगत्तै उनलाई पार्टी अध्यक्ष बनाउने अनुमान गलत हुने कंग्रेस विश्लेषकले बताएका छन्।

यसअघि राहुल रानीतिक बिदाबाट फर्किएपछि पार्टीको नेतृत्व समाल्न दिने अनुमान थियो। उनकी बहिनी प्रियंका गान्धीलाई महासचिव बनाउने तयारी पनि केही समयका लागि रोकिएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

राहुल फेव्रुअरीमा बिदामा बसेका थिए। बारम्बार उनी फर्किने मिति तय हुँदै आए पनि उनी कहाँ छन् भन्ने पत्तो थिएन। तर, वर्षेनी जस्तो विपश्यना गर्न म्यानमार जाने राहुल यसपटक पनि त्यहाँ पुगेको कंग्रेस स्रोतले बताएको सञ्चारमाध्यमको दाबी छ। म्यानमार जानुभन्दा पहिले राहुल थाइल्यान्डको एक गाउँमा रहेको र त्यहाँ पनि ध्यानमा बसेको हिन्दी सञ्चारमाध्यम भास्कर डटकमले दाबी गरेको छ।





Comments

comments

Leave a Reply

5643