Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बहराइनमा पनि तलब बढ्ने, नेपालीलाई मासिक डेढ लाखसम्म

काठमाडौं, चैत २९ – बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ। नेपाली कामदार इमान्दार भएकाले उनीहरुलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको हो।

दक्ष कामदारलाई मासिक डेढ लाख तलब दिन बहराइनले लिखित समझदारी गरेको छ। बहराइनका श्रम बजार नियामक निकायका प्रमुख असमान अब्दुल्ला अलवासीले केही दिनअघि गरेको नेपाल भ्रमणका बेला दुवै देशबीच त्यहाँ जाने नेपाली कामदारलाई न्यूनतम तलबसुविधा दिने सहमतिमा हस्ताक्षर गरेका हुन्।

यसअघि बहराइन जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन। बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ। अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

5650