Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले पतिको उपचार खर्च जुटाउन ‘कोकिन’ बोकिन्

काठमाडौं, चैत २९ – गम्भीर प्रकृतिको अपराधमा मुछिएकी मलेसियन महिला मारिना बिन्ती जमालुद्धिनको खुसीको यात्रा त्यही टुंगीयो, जब उनी ११ किलो कोकिनसहित नेपालमा पक्राउ परिन्।

पाँचपटकसम्म कोकिनको भरिया बन्न सफल मारिना छैठौ पटकमा नेपाल भित्रिएर बाहिरिने क्रममा पक्राउ परेकी हुन्। लागूऔषध नियन्त्रण ब्युरोको केरकारमा रहेकी मारिनाले कुरा गर्दै गर्दा जुनसुकै जवाफ हाँसेर दिइरहिन्। उनलाई आफूले गलत काम गरेको छु भन्ने पनि भएको छ। तर त्यो गल्तीको सजाय के हुन्छ भन्नेमा उनी अनविज्ञ छिन्।

गत शुक्रबार त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पक्राउ परेकी ३७ वर्षीया मारिनाले भनिन्,‘ पतिलाई बचाउनु थियो, छोरालाई पढाउनु थियो, त्यही भएर गलत काममा हात हालेँ। आज यस्तो अवस्था आउला भन्ने सोचेको थिइनँ,’ अन्नपूर्ण पोष्टमा समाचार छ।

यसअघिको समाचार यस्तो थियो पढ्नुहोस्
महिलाको ल्यापटप ब्यागमा २० करोडको कोकिन
काठमाडौं, चैत २२ – शुक्रबार साँझ ७ बजे विमानस्थलमा क्युआर ६५१ नम्बरको उडानमा दोहा जाने यात्रु खचाखच थिए। त्यही भिडमा थिइन्, ३६ वर्षीया मलेसियाली नागरिक मरिना बिन्ती जमालुद्दिन। ए ३४८९१३८१ नम्बरको राहदानीबाहक उनको लगेज पाँचवटा ल्यापटप ब्यागले भरिएको थियो।

लगेज जाँचका क्रममा प्रहरीले ल्यापटपका झोला निकाल्यो। खैरो ज्याकेट र कालो स्कार्फमा रहेकी उनले ती सबै आफ्नै ल्यापटप रहेको बताइन्।
प्रहरीले झोला एक्स–रे स्त्रि्कनिङ मेसिनमा राख्दा भित्र ल्यापटप देखिएन। शंका लागेर खोतल्दा ल्यापटप आकारका सेतो धुलोको प्याकेट पो भेटियो।

प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लियो। त्यो धुलो लागुऔषध परीक्षण किटमा राख्दा कोकिन रहेको देखियो जसको पूरा तौल ११ किलो थियो। अनुसन्धानक्रममा उनी पर्यटक नभएर कोकिन कारोबारमा सक्रिय मलेसियाली अन्तर्राष्ट्रिय सञ्जाल सदस्य रहेको खुल्यो।

लागुऔषधमा महँगो मानिने कोकिनको नेपालमा उपभोक्ता शून्य बराबर छन्। मेक्सिको, बोलिभिया, पेरुमा उत्पादन हुने कोकिनको मुख्य बजार युरोप, अमेरिका र अफ्रिकी मुलुक नै हुन्।

कोकिन कारोबारमा नेपाल चल्तीको रुट नभए पनि पछिल्लो समय यसको कारोबारमा सक्रिय समूहका सदस्य पक्राउ क्रम बढेको समाचार नागरिक दैनिकमा छ। शुक्रबार फेला परेको कोकिन यही वर्षको दोस्रो घटना हो जसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २० करोड छ। चार वर्षयता ६ कारोबारी, १७ किलो कोकिनसहित पक्राउ परिसकेका छन्।





Comments

comments

Leave a Reply

5522