लण्डनमा साहित्यिक माहौलसंगै नयाँ वर्ष मनाइयो

कोमलप्रसाद श्रेष्ठ / एचकेनेपाल डट कम –
लण्डन- ९ बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था “नेपाली साहित्य विकास परिषद यूके” द्वारा नेपाली नयाँ वर्ष २०७२ को शुभागमनलाई साहित्यिक रमझम,लालीगुराँस साहित्यतारा विशेषाङ्क लोकार्पण तथा नेपाली साहित्य सेवा सम्मानलगायतका विविध कार्यक्रम गरी भव्यताका साथ सुसम्पन्न गरियो।

लण्डनस्थित वयम्ली तन्दुरी रेस्टुराँको समारोह हलमा आयोजित उक्त नव वर्ष उत्सव २६ औं साहित्य सन्ध्या, स्मारिका लोकार्पण एवं पुरस्कार सुशोभन र सम्मान समारोहमा लालीगुराँस साहित्यतारा विशेषाङ्क लोकार्पण,पुरस्कार सुशोभन गर्नु हुदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली नव बर्षको शुभ आगमनमा साहित्यिक रसास्वादन सहित स्रष्टाहरूलाई पुरस्कार सम्मान गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको र यस अवसरमा दूताबासको तर्फबाट बधाई र नव बर्षको शुभकामना पनि अर्पण गर्न चाहेको बताउनु भयो।

डाक्टर राघव प्रसाद धिताल (ओबिई) ले यस्तो उत्साहजनक साहित्यिक जमघट देख्दा प्रफुल्लित भएको बताउँदै सबैलाई नव वर्षको हार्दिक शुभकामना ब्यक्त गर्नु भयो।

सम्मानित विशेष अतिथि नेपाली साहित्य बिकास परिषद् नेपाल च्याप्टरका सल्लाहकार प्रो.डा. देवीप्रसाद सुवेदीले प्रवासमा यस्तो गुणात्मक साहित्यिक माहौल देख्न पाउँदा अति खुशी लागेको बताउनु भयो । आफूलाई संस्थाको तर्फबाट एवं वरिष्ठ सह अध्यक्ष कोमलप्रसाद श्रेष्ठद् मल्ल व्दारा गरिएको सम्मान अविस्मरणीय रहने समेत बताउनु भयो।
आफ्नो मन्तव्यमा प्रोफेसर डाक्टर सूर्य सुवेदीले नेपाली जहाँ भएपनि आफ्नो भाषा र संस्कृति छोड्न नहुने कुरामा जोड दिनु भयो ।

यती एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तानले साहित्य परिषद्का हरेक कार्यक्रममा आफ्नो आवद्धता रहिरहेको बताउँदै नव वर्षको शुभकामना व्यक्त गर्नु भयो।

आफ्नो मन्तब्यमा एनआरएन अध्यक्ष महेन्द्र कडेलले भाषा साहित्य एवं संस्कृति संरक्षण संवर्धनका लागि एनआरएन सदैव तत्पर रहने र साहित्य विकास परिषदसँग हातेमालो गरि रहने विश्वास व्यक्त गर्नुभयो।

नेकपा-माओवादीका केन्द्रिय सदस्य तथा बौद्दिक ब्यक्तित्व कर्ण शाहीले नेपाली भाषा साहित्यको बिकासका लागि बेलायतमा नेपाली साहित्य विकास परिषद्ले गरेका कार्यहरु अत्यन्त महत्व पुर्णछन भन्नु हुदै अहिलेको आवश्यकता भनेको राष्ट्रिय एकता र राष्ट्रिय अस्तित्वलाई जोगउन सचेत रहनु हो भन्नु भयो।

सभापतिको आसनबाट बोल्नु हुदै परिषद्का संस्थापक तथा अध्यक्ष कबि सुरेश जंग शाहले नेपाली नया बर्षको आगमनलाइ परिषदले स्थापना काल देखिनै साहित्यिक र सांस्कृतिक रुपले मनाउदै आएको र यसबाट हाम्रो राष्ट्रिय भावना र देश प्रतिको माया बढाउन महत्वपूर्ण योगदान पुगेकोछ भन्नुभयो।

नेपाली जन संपर्क समिति युके एंव एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले आगामी पुस्तालाई समेत नेपाली भाषा साहित्यमा परिचित गराउन ठोसरूपमा बिषेस पहल गर्नु पर्ने विचार राख्नुभयो।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष कवि दुत पुन एवं कथाकार डा.चन्द्र गुरुङले आ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। सम्मान कार्यक्रममा लामो समय देखि नेपाली साहित्य बिकासमा योगदान पु-याउनु हुने दीपक नागला (ब्राईटसन ट्राभल यूके लिमिटेड) तथा हेमांग शाह (स्टार टूर यूके) लाई सम्मानपत्र र विशिष्ठ सम्मानबाट सम्मानित हुनु हुने संस्थाका पदाधिकारी दम्पतिहरूमा वरिष्ठ सल्लाहकार डा.राघब प्रसाद धिताल तथा श्रीमती डा.जनक कुमारी धिताल, पूर्ब अध्यक्ष हरि सिह थापा तथा श्रीमती देब कुमारि थापा, पूर्ब अध्यक्ष खगेन्द्र नेपाली तथा श्रीमती महालक्ष्मी नेपाली,बरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्ल,सहअध्यक्ष ध्रुब केसि. तथा श्रीमती निर्मला केशी, सल्लाहकार घन बहादुर थापा मगर तथा श्रीमती कृष्णा थापा मगर, उपाध्यक्ष बिरेन्द्र कुवर तथा श्रीमती ईन्दीरा कुवर, पूर्ब र्कायकारणी बसन्त रायक्षेत्री तथा श्रीमती मन्दा रायक्षेत्री, कोषाध्यक्ष दौलत राई तथा श्रीमती सन्तोष राई, सल्लाहकार महन्त श्रेष्ठ तथा श्रीमती अमिका श्रेष्ठ, आजीवन सदस्य हरि केसी. तथा श्रीमती कल्पना केसी, सदस्य मोतिराज भण्डारी तथा श्रीमती शुशिला भण्डारी, पूर्व सल्लाहकार दुर्गा पाण्डे तथा श्रीमती लक्ष्मी पाण्डे, पूर्व कार्यकारिणी ज्ञानेन्द्र राउत तथा श्रीमती अंगना राउत हुनुहुन्थ्यो।

नेपाली साहित्य पुरस्कार ट्रस्टका संस्थापक बरिष्ठ सहअध्यक्ष कबि कोमल श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लले देश बिदेशमा रहेका उत्कृष्ठ श्रृजना र साहित्यसेवी हरुको सम्मान र साहित्य बिकासमा योगदानकालागि आ आफ्ना आमा बुवाको स्मृतिमा स्थापित ५ तोला चाँदी र स्वर्ण अक्षर अंकित पदक सन् २०११ देखि परिषदमा स्थापना गरी प्रदान हुँदै आएको उक्त पुरस्कार यस बर्षको लागि नेपाली साहित्यको बिकासमा अनवरत योगदान गर्न हुने युवा समाजसेवी श्री अभिमन्यु बैरागलाई र गोविन्द बेलबासेको “रातो पासपोर्ट” लाई प्रदान गरिएकोमा खुसी तथा बधाई ब्यक्त गर्नु भयो र परिषद्का संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग शाहले पुरस्कार मूल्यांकन प्रक्रियाबारे बिस्तृत जानकारी दिनु भयो।

यसैगरि पुस्तक तर्फ,पुस्तक मूल्याङ्कन समितिका संयोजक कवि तथा समालोचक दुर्गाप्रसाद पोख्रेलले मूल्याङ्कनका निम्ति मूल्याङ्कन समितिद्वारा पूर्व निर्धारित मापदण्ड सहित साहित्यिक पुरस्कारका लागि भएको पुस्तकहरूको मूल्याङ्कन प्रतिवेदन एवं नतिजा सुनाउनु भएको थियो।

पोख्रेलले साहित्य पुरस्कारका लागि गतवर्ष युकेका स्रष्टाहरुबाट प्रकाशित कृतिहरू मध्येबाट गोविन्द बेलबासेको “रातो पासपोर्ट” कृति प्रथम, सागर सिल्वालको “सागरको मोती” द्वितीय एवं हरि सिंह थापाको “उत्तराखण्ड चारधाम” तृतीय भएको घोषणा गर्नुभएको थियो।

कार्यवाहक महामहिम नेपाली राजदूत तेज बहादुर क्षेत्रीले सम्मानित हुने दम्पतीहरुलाई सम्मानपत्र, साहित्य सेवातर्फ अभिमन्यु बैराग तथा साहित्य कृतितर्फ गोविन्द बेल्बासेलाई पदक शुसोभन तथा प्रमाणपत्र तथा कवि हरि सिंह थापालाई प्रमाण पत्रद्वारा सुशोभित गरिएको थियो।

परिषद्का संस्थापक तथा अध्यक्ष कबि सुरेश जंग शाहको सभापतित्वमा वरिष्ठ सहअध्यक्ष कोमल श्रेष्ठ मल्ल र महासचिब कवयत्री डा.सुधा श्रेष्ठ द्वारा संचालन गरिएको उक्त कार्यक्रममा कक्षा १ मा पढ्ने ५ वर्षकी बालकवियत्री समृद्धि पोख्रेलको कविता वाचनबाट शुरु गरिएको कविता वाचनगर्नु हुने सहभागी कवि कवयत्रीहरूमा दुर्गाप्रसाद पोख्रेल, कोमल श्रेष्ठ मल्ल,कृष्ण बजगाई रेशम अर्याल,मोती भण्डारी,मनोज अन्जान बसन्त राय क्षत्री,घनबहादुर थापा,हरि सिंह थापा,विरेन्द्र कुवर,डा.सुधा श्रेष्ठ,सुरेश जंग शाह,दूत पुन,नवराज घिमिरे, जगन्नाथ अधिकारि, मोती भण्डारी, गोकुल भण्डारी आदि हुनुहुन्थ्यो।

रमाइलो रात्रिभोज तथा गीत संगीतको प्रस्तुतिमा संस्थाका कार्यकारिणी सदस्य रिता गौतमको बिषेस नृत्य समेत रहेको उक्त समारोहमा नेपाली राजदूताबास परिबार वेलायत,विभिन्न यती संस्था,एन आर एन, अनेवाप्र लगायत बिभिन्नसंघसंस्थाका, प्रतिनिधि ,साहित्यकार,कलाकार,पत्रकार,
समाजसेवी तथा साहित्यप्रेमी जनसमाजको ज्यादै उत्साहबर्धक सहभागिता रहेको थियो।

समारोहमा नेपाली साहित्य पुरस्कारका ट्रष्टी संस्थापिका पूर्व कार्यकारिणी सदस्य श्रीमती कोहिनुर श्रेष्ठ मल्ल एवं श्रीमती प्रसन्नता पोख्रेलले आमन्त्रित अतिथिहरूलाई खादा ओढाई स्वागत सम्मान गर्नु भएको थियो।

समारोहलाई सफल बनाउन योगदान पु-याउनु हुने महानुभावहरूमा सर्बश्री हरि सिंह थापा, ध्रुब केसी,एभरेष्ट गौतम, दौलत कुमार राई,कवि घनबहादुर थापा मगर तथा श्रीमती कृष्णा थापा मगर, गोकुल भण्डारी ,रेशम अर्याल, डा.राघव प्रसाद धिताल तथा डा. जनक कुमारी धिताल, बसन्त राय क्षत्री, ज्ञानेन्द्र राउत तथा बिरेन्द्र कुँवर अभिमन्यू बैराग, सनम बैराग हुनुहुन्थ्यो।

परिषद्ले आगामि जुनमा सम्पन्न हुने यूके ब्यापी छैटौ साहित्य सम्भेलनमा बृहत सहभागिताका लागि संपुर्ण साहित्यकार हरुमा आह्वान गरियको जानकारि समारोहमा गराईएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5654