Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘पहिचान आन्दोलन बृत्तचित्र’ प्रदर्शन

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २९ चैत। नेपालको आदिवासी जनजाती आन्दोलनको सेरोफेरोमा केन्द्रित ‘पहिचान आन्दोलन बृत्तचित्र’ प्रदर्शन गरीएको छ।

आइतबार प्रदर्शन गरीएको ७८ मिनेट लामो बृत्तचित्र पहिचानवादी योद्धाहरुको लागि समर्पण गरिएको बृत्तचित्रका लेखक तथा निर्देशक भीषण राईले बताए।

बृत्तचित्रमा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधता बोकेको नेपाली समाजमा एकात्मक शाषण व्यवस्थाले गर्दै आएको दमन र आदिवासी जनजातीले आफ्नो गुमेको सम्मान र पहिचान मागेको विषयलाई देखाउन खोजिएको छ।

बृत्तचित्रमा आदिवासी जनजाती मधेशी, मुश्लीम, उत्पीडीत दलित, महिलामाथि हुने सवै खालका विभेद यथावत रहेको देखाइएको छ। उत्पीडीत जनताको गुमेको आत्मसम्मान र पहिचानका विषय वस्तु बृत्तचित्रमा उठाइएको छ।

बृत्तचित्रमा नेपाली इतिहासमै पहिलो पटक पहिचान पक्षधर र विपक्षी विचमा ठूलो धु्रवीकरण पैदा भएको, सवै उत्पीडीत उपेक्षितहरु सडकमा ओर्लिएको, आदिवासी जनजाति, मधेषी, मुश्लिम, दलित पहिचानमा आधारित संघियता मागीरहेको विषयलाई समेटिएको छ।

संघीयता र पहिचानको मुद्दाबारे फैल्याइएको गलत प्रचार र भ्रमलाई चिर्न यो वृतचित्रको मुख्य उद्देश्य रहेको निर्देशक राईले बताए। नयां राष्ट्रियता निर्माणको लागि यो वृतचित्र कोशेढुंगा सावित हुने पनि उनले बताए।

राजधानीमा आयोजित बृत्तचित्र प्रदर्शनीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता तथा कार्यक्रमका प्रमुख अतिथि डा. ओम गुरुङले शोको उद्घाटन गरेका थिए। कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङ, जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, लेखक युग पाठक, चलचित्र निर्माता ज्योतीराज राई, किरात फोर्सका केन्द्रिय सचिव डिवी सरोजलगायतले पहिचानका विषयमा मन्तब्य राखेका थिए। कार्यक्रम चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको सभापतित्वमा संचालन भएको थियो।





Comments

comments

Leave a Reply

5663