Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा कवयित्री लीला सेलिङको एकल कविता

रोशन मेवाहाँङ / एचकेनेपाल डट कम –
विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्यदूत २०१४ कन्चनजंगाले सम्मान गरेको छ।

कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने उहाँ लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ। शिक्षिकाबाट शुरुभएको उहाँको जीबनयात्रा विद्यालयको प्रधानअध्यापिका, रेडियो प्रस्तोता, समाजको नेतृ हुदै साहित्यमा शसक्तरुपमा उभिनु भएको छ।

उहाँका कविताहरु ज्यादै शक्तिशालि र वैचारिक रहेको विशिष्ट अतिथि तथा साहित्यकार काजमिान यक्सोले ब्यक्त गर्नुभयो।

साहित्यकार शाहलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले केही महिनाअघि नेपाली साहित्यदूत २०१४ कन्चनजंगा घोषणा गरेको थियो। महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियो। वहालाई उक्त सम्मानपत्र प्रमुख अतिथि तथा विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले हस्तान्तणर गर्नुभयो। हस्तान्तर हुदै गर्दा साहित्यकार शाहको योगदानको बारे निर्माण गरिएको भिडियो प्रर्दशन गरिएको थियो। त्यस्तैगरि केही महिना अघि युकेको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा ३ हजार प्रतियोगीलाई उछिन्दै प्रथम हुन सफल मुकाहाँङ लिम्बुलाई पनि प्रसंसापत्र प्रदान गरिएको थियो।

बिक्रम सम्वत २०७२ लाई स्वागतार्थ आयोजना गरिएको उक्त कार्यक्रममा एकल कविता वाचनको औपचारिक समापनपछि विभिन्न स्रष्टाहरुले आआफ्नो रचना पनि पाठ गरेका थिए। साहित्यकार हरिसिं थापा, बि.के. पाण्डे लगायतले बोल्नु भएको थियो भने अग्रज स्रष्टा जीबनप्रकास राईले मिठो सांरागीको धुन र नरेश नातीले हार्मोनियममा ‘हजार सपना’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो।

पानसमा बत्ति बाले लगतै नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रमलाई कवयित्री करिष्मा घमले स्वागत गर्नुभएको थियो भने साहित्य महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाँङवाङको सभापतित्व र रोसन राईको संचालन रहेको थियो। महासङ्घले यसअघि कविहरु केदार संकेत, विक्रम सुब्बा, विजय हितानको एकल कविता वाचन सम्पन्न गरिसकेको छ। एकल कविता वाचन अनलाइनमा उपलब्ध गराउने प्रचलन रहेको छ।





Comments

comments

Leave a Reply

5682