हङकङमा फेरि अर्को घटना, भारतीय कूकको हत्केला छिनालियो…!

एचकेनेपाल डट कम –

हङकङ, २ सेप्टेम्बर । एक अपराधी समूहले ४० वर्षीय भारतीय नागरिकमाथि आक्रमण गरी धारिलो हतियारले उनको देब्रे हत्केला छिनालि दिएको छ। यो घटना विहीवार राति १० बजे युन लङको हप यिक प्लाजा नजिक भएको हो।

७ सिटे गाडीबाट झरेका ४ देखि ५ जना मास्क लगाएका व्यक्तिहरू धारिलो हतियारले एक दक्षिण एसियाली व्यक्तिमाथि आक्रमण गरेर भागेको रिपोर्ट प्रहरीले प्राप्त गरेको थियो। अपराधी समूहले एक भारतीय नागरिकमाथि धारिलो हतियार प्रहार गरी उनको देब्रे हत्केला काटिएको छ।

घाइते व्यक्ति हङकङ आईडी होल्डर ४० वर्षीय भारतीष नागरिक भएको खुलेको छ। उनी पेशाले कूक हुन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। तीमध्ये उनको देब्रे हत्केला काटिएको थियो र काटिएको हत्केला भुइँमा थियो। जमिनमा रगतको ठूलो आहाल बनेको थियो।

सडकको छेउ बायाँ हात समातेर पीडाले चिच्याई रहेका पीडकलाई प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत उपचारको लागि ट्युन मुन अस्पताल पठाइएको छ।

प्रहरीले घटनाको अनुसन्धान र सीसीटीभी फूटेज संकलन गरेर घटनामा संलग्न अपराधीहरुको खोजी गरिरहेको जनाइएको छ।





Comments

comments

56833