चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा…

बेइजिङ, चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ। राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश फिर्ता हुँदै हुनुहुन्छ।

सो अवसरमा मन्त्री वाङले चीन–रुस सहयोग प्रबर्द्धन र दुई राष्ट्रबीचको मित्रता र पारस्परिक विश्वासको अभिवृद्धिमा राजदूत डेनिसोभको कार्य उल्लेखनीय रहेको भन्दै उच्च प्रशंसा गर्नु भएको छ। सो अवसरमा उहाँले द्विपक्षीय सम्बन्धको विकासमा उहाँको निरन्तर योगदानको अपेक्षा गरिएको बताउनुभएको छ।

डेनिसोभले चीनमा आफ्नो कार्यावधिको क्रममा चीनले सबै पक्षमा हाँसिल गरेको अतुलनीय उपलब्धि देखेको र भविष्यमा पनि चीनले अझ ठूलो उपलब्धि हाँसिल गर्ने विश्वाससमेत लिएको बताउनु भएको छ। रासस/सिन्ह्वा





Comments

comments

56889