Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आर्थिक वृद्धिमा चीनभन्दा भारतमाथि

एजेन्सी – भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रूत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्दिरको गतिलाई समेत उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ।

यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई प्रमुख कारणको रुपमा लिइएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वको आर्थिक परिदृष्य नामक प्रतिवेदनमा एसियाको तेस्रो स्थानको अर्थतन्त्र सन् २०१५ मा ७.५ प्रतिशतले बढ्ने र आउँदो वर्ष सोही प्रतिशतमा कायम रहने अनुमान गरेको छ। यस संस्थाले जनवरी महिनामा भारतको अर्थतन्त्र सन् २०१५ ६.३ प्रतिशतले वृद्दि हुने अनुमान गरेको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ। यसअघि, यस संस्थाले सन् २०१६ का लागि भारतको वृद्दि अनुमान ६.५ प्रतिशत गरेको थियो।

कोषका अनुसार हालै गरिएको सुधारबाट भारतको आर्थिक वृद्दिमा फाइदा पुग्नेछ र त्यसका कारण लगानी बढ्नेछ। यसैगरी तेलको मूल्य घट्दा पनि यसको अर्थतन्त्रमा फाइदा पुगेको बताइएको छ।





Comments

comments

Leave a Reply

5697