Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शिक्षामा सूचना प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड

माधव अधिकारी / एचकेनेपाल डट कम-
काठमाडौँ, परिवर्तित सन्दर्भमा युगको माग अनुरुप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरिनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।

कुल ल्याब एण्ड रिसर्च सेन्टर काठमाडौँले आयोजना गरेको शिक्षाका लागि सूचना तथा सञ्चार प्रविधि विषयक भेलाका सहभागीले सो धारणा राखेका हुन्।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश शाहले शिक्षामा आधुनिक प्रविधिको प्रयोग नभएसम्म मुलुकको विकास नहुने बताए। शिक्षा जस्तो आधारभूत संवैधानिक अधिकारको प्रत्याभूतिका लागि सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो।

सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्रले नेपाल सरकारले शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार उपकरणको प्रयोगलाई प्राथमिकता राखेको जानकारी दिए ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष विप्लवमान सिंहले अहिलेको विश्वमा पढाइ र ज्ञानमा विभेद रहेको भन्दै नेपालमा ई लर्निङ्गको आवश्यकता औँल्याए ।कम्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेयले शैक्षिक गुणस्तर सुधार्न डिजिटल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।

आयोजक संस्थाका अध्यक्ष सुशीलदेव भट्टराईले नेपालको शिक्षा क्षेत्रमा पठनपाठनमा परिवर्तन गरी डिजिटल प्रविधि भित्र्याउन आफूहरु क्रियाशील रहेको जानकारी दिए।





Comments

comments

Leave a Reply

5718