Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा अन्तर्राष्ट्रिय शान्ति र्याली मे १६ मा हुने

सुरज गुरुङ / एचकेनेपाल डट कम –
द. कोरिया। हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा मनाईने अन्तर्राष्ट्रिय शान्ति र्याली मे १६ तारिख शनिबारका दिन हुने भएको छ।

नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरूङका अनुसार र्याली jogye order of korean buddhism को आयोजनामा हुने भएको छ। यो र्यालीको ईतिहास धेरै लामो भएले द. कोरियाले सांस्कृतिक सम्पदाको रुपमा पनि स्वीकार गरेको छ।

सन् २००१ मा अन्त्तर्राष्ट्रिय बुद्धिष्ट कमिटिको स्थापना गरेर विदेशीहरुलाई पनि निमन्त्रणा गर्ने गरिन्छ। र्यालीमा सहभागी भएर बुद्धको जन्मदेखि निर्वाणसम्मका ध्यान मुद्रमा आशिन प्रतिमाहरु आ–आफ्ना देशका कला र संस्कृतिहरु प्रदर्शन गरिने गर्दछ। यस प्रकारको अन्तर्राष्ट्रिय र्यालीमा सहभागिता जनाउनको लागि नेपाल बौद्ध परिवारलाई पनि निमन्त्रणा गरेको छ।

यो निमन्त्रणा नै हाम्रो लागि गौरवको विषय र देशको पहिचान दिलाउने ठूलो अवसर भएको हुंदा उक्त र्यालीमा मुलुकको पहिचान लिएर विविध झाँकीसहित शान्ति र्यालीमा सहभागिता जनाउन नेपाल बौद्ध परिवारले हार्दिक अनुरोध गरेकोछ। अन्तर्राष्ट्रिय वा विश्व सामु नेपाली कला र संस्कृति परिचित गराउन नेपालको गरिमालाई ऊचो बनाउन दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नेपाली समुदायलाई नेपाल बौद्ध परिवारले हार्दिक अनुरोध गरेकोछ।





Comments

comments

Leave a Reply

5790