Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटै हाँगोमा झुण्डिएर ३ युवतीद्वारा सामुहिक आत्महत्या…

बझाङ, वैशाख ६ – बझाङ जिल्ला सदरमुकामबाट एक दिन टाढा पैदल दूरीमा पर्ने सुरमा गाविसको ठकुन्नाडा गाउँका तीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन्।

मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ। गाउँबाट टाढा रहेको माघमारे जंगलमा शुक्रबार बाँझको रुखको एकै हाँगोमा झुन्डिएको अवस्थामा १५ वर्षीया पवित्रा बोहोरा, १६ वर्षकी रेखा पुजारा र २१ वर्षकी जुनतारा बोहोरा फेला परेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ। स्थानीयले तीनैजनाको शव एउटै हाँगोमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। तीनजना मध्ये जुनतारा मात्रै विवाहित थिइन्। प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।





Comments

comments

Leave a Reply

5827