आजदेखि नयाँ हङकङ स्मार्ट आईडी कार्ड कसले लिने ?

एचकेनेपाल डट कम –

हङकङ, ७ अक्टोबर । हङकङका केही बासिन्दाहरूले नयाँ स्मार्ट परिचय पत्र लिने समय आएको छ।

नमूना स्मार्ट आईडी कार्डको फोटो

नयाँ हङकङ स्मार्ट आईडी कार्ड लिनु पर्नेहरुमा सन् 1996, 1997, 1998, 1999 र 2000 मा जन्मेका हङकङका बासिन्दाहरू रहेका छन्।

हङकङ अध्यागमन विभागले सन् 1996, 1997, 1998, 1999 र 2000 मा जन्मेका हङकङका बासिन्दाहरूले अक्टोबर 7 (आज) देखि डिसेम्बर 10 सम्म नयाँ स्मार्ट परिचय पत्र लिने समय तोकेको छ।

हङकङका बासिन्दा र स्मार्ट परिचयपत्रको पुरानो फारम धारण गर्नेहरूले आफ्नो परिचयपत्रसहित व्यक्तिगत रूपमा परिचयपत्र प्रतिस्थापन केन्द्रमा गएर नयाँ स्मार्ट परिचय पत्रको लागि आवेदन दिनुपर्नेछ।

परिचयपत्र प्रतिस्थापन केन्द्रहरु 7 अक्टोबर (शुक्रबार) देखि 10 डिसेम्बर (शनिबार) सम्म बिहान 8 बजेदेखि बेलुका 10 बजेसम्म र सोमबारदेखि शनिबार (सार्वजनिक बिदा बाहेक) खुल्ला रहने छन्।





Comments

comments

58187