बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

मङ्गलबार राति देखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए। रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

59071