हङकङको मान्छे हिड्ने टनेलभित्र नेपाली मृत अवस्थामा भेटिए…

एचकेनेपाल डट कम –

हङकङ, ८ अक्टोबर । मान्छे हिड्ने टनेलभित्र एक नेपाली नागरिक शनिवार विहान मृत अवस्थामा भेटिएका छन्।

स्थानीय मिडियाका अनुसार याउ मा तेईको ग्यास्कोइन रोड नजिकै हङकङ पोलिटेक्निक युनिभर्सिटीतर्फ जाने पैदलयात्री सुरुङमा नेपाली नागरिक मृत अवस्थामा भेटिएका हुन्।

समाचारमा नेपाली नागरिक भनिए पनि उनको थप परिचय खुलाइएको छैन।

आज बिहान ६.५२ बजे सडकमा सुत्ने अन्दाजी ४० वर्षीय नेपालीलाई अन्य सडक सुत्नेहरूले बेहोस अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनास्थल पुगेका उद्धारकर्ताले घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरेको छ।

उनी करिब ४–५ महिनादेखि त्यहाँ सुत्दै गरेको र उनमा मदिरा सेवन गर्ने बानी रहेको बुझिएको छ।

प्रहरीले अनुसन्धानपछि थप जानकारीको लागि परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

59080