देशभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु…

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरू भएको छ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्न सुरू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको हो।

उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरू भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ। रासस





Comments

comments

59096