जहाँ ३ महिनाभित्र ६०१ जना किसानले गरे आत्महत्या

मुम्बई-मौसमका कारण महाराष्ट्रका किसान मारमा परेका छन्। देशभर राम्रो उत्पाकदन हुन सकेको छैन। जसको कारण किसान निराश छन्। उनिहरुको निराशा आत्महत्या सम्ममा बदलिएको छ। सरकारका धेरै आश्वासन पछि पनि आत्महत्याका घटनामा कमि आएका छैनन्।

महाराष्ट्र सरकारले हालै जारी गरेको आंकडा अनुसार जनवरी देखि मार्च २०१५ सम्ममा महाराष्ट्रमा ६०१ किसानले आत्महत्या गरिसकेका छन्। आर्थात महाराष्ट्रमा दैनिक करिब ७ किसानले आत्महत्या गरिरहेका छन्।

‘द टाइम्स अफ इन्डिया’ का अनुसार २०१४ मा महाराष्ट्रमा १९८१ किसानले आत्महत्या गरेका थिए। महाराष्ट्र सरकारले किसानलाई सुविधा दिने भिनरहँदा पनि यस्तो अवस्था आउनुलाई अधिकारीहरु चिन्ताको विषय भएको बताएका छन्।

महाराष्ट्रको विदर्भमा आत्महत्याका धेरै घटना भएका छन्। उक्त क्षेत्र मुख्यमन्त्री देवेन्द्र फडनवीसको हो। जनवरीदेखि मार्च सम्ममा विदर्भमा ३०९ किसानले आत्महत्या गरेको समाचार नागरिक अनलाईनमा छ। उत्पादन राम्रो नहुने र बै‌कको ऋणको कारण दवावमा रहेका किसानले यस्तो अप्रिय कदम रोज्दै आएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5844