मातातीर्थ औंसीको दिन सहारालाई सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
मातातीर्थ औंसीको दिन स्व. आमा सावित्री गुरुङको स्मृतिमा सहारा एकेडेमीका बालकहरुलाई फलफूल र जुस प्रदान गरिएको छ।

बेलायत निवासी डिम्पल गुरुङ र दिब्य गुरुङ साथै वेलायतमै बस्दै आएकी समाजसेवी पार्वती गुरुङले सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि सहयोग गरेका हुन्। सहारा एकेडेमी पोखरा — १७, दोबिल्लामा अवलोकन गर्दै क्लवका अध्यक्ष विरभद्र आचार्यलाई ३० हजार नगद हस्तान्तरण गरेको सहारा क्लवले जनाएको छ। साथै सो टोलीले १० हजार रुपैया समेत आर्थिक सहयोग गरेको छ।

त्यसैगरी, वेलायतबाट आएका टेक बहादुर गुरुङ र हङकङबाट आएका पूर्व भलिवल खेलाडी याम गुरुङसहितको टोलीले सहारा एकेडेमीको अवलोकन गरेका छन्। एकेडेमीमा हाल १२ जिल्लाका २१ जना वालकहरु रहेका छन्। थप ९ जना राखिने भएको क्लवका अध्यक्ष आचार्यले बताए।





Comments

comments

Leave a Reply

5847