Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रासस सञ्चालक समितिमा बस्नेत नियुक्त

काठमाडौँ, ४ साउन । सरकारले राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्यमा राससका उपप्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलाई नियुक्त गरेको छ।

यही साउन ४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उहाँलाई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ (१) (ङ) बमोजिम समितिको सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि)मा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

विसं २०२८ मा तनहुँको ब्यास नगरपालिका–१ गल्बुबेँसीमा जन्मनुभएका नवनियुक्त सञ्चालक समिति सदस्य श्री बस्नेतले समितिमा तनहुँ जिल्ला समाचारदाताका रुपमा २०५३ मा प्रवेश गर्नुभएको हो । उहाँले आठ वर्षसम्म राससको पश्चिमाञ्चल क्षेत्रीय प्रमुखको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो।

‘राष्ट्रपुकार’ साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोपाधि हासिल गर्नुभएको छ भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरिरहनु भएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ रासस शाखाको सभापतिको जिम्मेवारी पनि पूरा गरिसक्नु भएको छ।

बस्नेतले देश, विदेशमा समाचार संकलनको अनुभव हाँसिल गर्नुभएको छ। रासस





Comments

comments

585