इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भड्किदा मृत्यु हुनेको संख्या १७४ पुग्यो…

काठमाडौं, इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा फुटबल खेलमा भीडमा भागदौड हुँदा मृत्यु हुनेको संख्या आइतवार दिउँसो १७४ पुगेको प्रान्तका डेपुटी गभर्नर एमिल डार्डकले जानकारी दिएका छन्।

कन्जुरुहान रङ्गशालामा भएको इन्डोनेसियाको शीर्षलिग फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि हिंसा भड्किएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार खेलमा अरेमा ३-२ गोलले पराजित भएको थियो। आफ्नो टोली पराजित भएपछि समर्थकहरू मैदानमा उत्रिएर एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए। त्यसपछि हिंसालाई नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

घटनापछि इन्डोनेसिया फुटबल सङ्घले लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरेको जनाएको छ।





Comments

comments

58754