कोरोनाका कारण ज्यान गुमाएका बिल तामाङको स्मृतिमा हङकङमा फुटबल प्रतियोगिता

सहारा क्लब हङकङको आयोजनामा बिल तामाङको स्मृतिमा सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

फाइल फोटोः विल तामाङ

हङकङको जोडर्न पार्कमा शनिबार आयोजित प्रतियोगितामा १४ फुटबल टिमले भाग लिएका थिए।

प्रतियोगिताको फाइनलमा एस्स एफ सीलाई पराजित गर्दै उपाधि जेार्डन एफ सीले जितेको छ। उपाधि विजेतालाई हङकङ डलर १५०००( पन्ध्र हजार ) उपविजेतालाई हङकङ डलर ८००० (आठ हजार ) प्रमुख अतिथि बिल तामाङकी श्री मती सुनिता मेाक्तानले पुरस्कार प्रदान गरेकी थिइन्।

क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङको उपस्थिती रहेको कार्यक्रममा सहसंयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए।

क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको खेलकुद संयोजक खम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबको गतिविधिबारे प्रष्ट पारेका थिए।

कार्यक्रम संचालन महासचिव कुमार गुरुङले गरेका थिए। मुख्य प्रायोजक एलजी संगमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे।

क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

58811