फिल्मका हिरो ठगी आरोपमा पक्राउ

काठमाडौं, वैशाख ७ – ठगीको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका रेशम तामाङलाई पक्राउ गरेको छ।

सस्तोमा डलर साट्ने प्रलोभन देखाइ डलरको सट्टा कागजको बन्डल दिइ ठगी गर्ने तामाङलाई काठमाडौंको शान्तिनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इमेजखबरका अनुसार पक्राउ परेका तामाङ नेपाली चलचित्र ‘रुन्छ मेरो मन’का नायक भएको पनि प्रहरीले जनाएको छ।

उनले यसअघि काठमाडौंको धुम्बाराहीका सुजन महर्जनबाट ८ लाख र भोजपुरका आङदावा शेर्पाबाट ८ लाख रुपैयाँ नगद लिइ फरार भएको पनि प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

5876