Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुवाको पानीमै आगो लागेपछि…

एजेन्सी, आगो लागेपछि कुवा खन्नु….यो उखान तपाईहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ।

मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए। तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ कि आगो नै लाग्न थालेको छ।

गाउँका बासिन्दाका अनुसार कुवा खन्ने क्रममै त्यहाँबाट पेट्रोलको गन्ध आइरहेको थियो। गाउँलेले पेट्रोल स्टेशनबाट भएको चुहावटका कारण पानीमै आगो सल्केको अनुमान गरेका छन्। तर पेट्रोल स्टेशनका मालिकले भने यो कुराको ठाडै अस्वीकार गर्दै आएको समाचार अन्नपूर्णपोष्टमा छ।

स्थानीय अधिकारीका अनुसार भूमिगत तेल भण्डार ७५० मिटरदेखि ४५ सय मिटरको बीचमा हुन्छ। यहाँ त केबल ४६ मिटर गहिरो कुवामै तेल हुने सम्भावना कम छ। अधिकारीहरुले यसको जाँच थालिसकेका छन्।

पिपुल डेली अनलाइनका अनुसार चीनमा रहेका ७० प्रतिशत बढी नदी प्रदुषित रहेका छन्। कारखानाबाट निक्लने घातक कच्चा र दुषित पानीका कारण चीनका नदीहरु नराम्ररी प्रदुषित भएका हुन्।

चीनमा रहेको पानीको आधा भाग प्रयोग गर्न योग्य छैन। यहाँको पानी यति धेरै प्रदुषित भएको छ कि उद्योगका लागि प्रयोग गर्न समेत नसकिने अवस्था छ।





Comments

comments

Leave a Reply

5873