Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिहेमा जाँदा घरबाट १० लाख बढी चोरी

लहान, वैशाख ७ – यहाँका व्यापारी दाजुभाइको एक घरबाट गएराति १० लाखभन्दा बढीकोे धनमाल चोरी भएको छ।

लहान नगरपालिका– ४ निवासी शिवसुन्दर राउत र उहाँका भाइ रामसुन्दर राउतको घरबाट गएराति नगद, गरगहना र लत्ताकपडा गरी रु १० लाखभन्दा बढीको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

भान्जाको विवाहमा सहभागी हुन घरका सबै सदस्य घरमा ताल्चा लगाएर सिरहा सदरमुकाम गएको र बिहान घर फर्किदा मात्र चोरी भएको आफूहरुले थाहा पाएको पीडित व्यापारी शिवसुन्दरले जानकारी दिनुभयो।

चोरले घरको ताल्चा फोडेर शिवसुन्दरको घरबाट रु तीन लाख नगद, सात तोला सुनको गरगहना, एक थान कम्प्युटर, एक थान डिजिटल क्यामेरा र लत्ताकपडा तथा उहाँका भाइ रामसुन्दरको घरबाट रु ६० हजार नगद, पाँच तोला सुनको गरगहना र लत्ताकपडा चोरी गरेर लगेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।

व्यापारी दाजुभाइको घरमा चोरी गरेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ। (रासस)





Comments

comments

Leave a Reply

5871