Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफूसंग यौनसम्पर्क गर्न नमानेपछि भतिजाको लिङ्ग काटियो

जनकपुरधाम, बैशाख ७- यौन सम्पर्क गर्न नमानेपछि धनुषाको एकराही-४ निवासी ३५ वर्षीया उषादेवी पासवान (नाम परिवर्तन) ले गत चैत २५ गते राति आफ्नै भतिजाको गुप्तांग धारिलो हतियारले काटिदिइन्।

दिलीपको उपचार जनकपुरमा सम्भव भएन। उनको उपचार धरानमा भइरहेको समाचार अन्नपूर्णपोष्टमा छ।

अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक भगीरथ रेग्मीका अनुसार उषाले २५ वर्षीय भतिजा रामशंकर (नाम परिवर्तन)सँग जबरजस्ती तीनचारपटक यौनसम्पर्क गरिसकेकी थिइन्।

पछिल्लोपटक भनेअनुसार रामशंकरले नगरेपछि रिसको झोकमा उनको संवेदनशील अंग काटिदिएको उषाले प्रहरीसमक्ष स्वीकार गरेकी छिन्।

जनकपुर उपमहानगरपालिका-१७ लोहनाकी अर्की महिला पार्वती मण्डल (नाम परिवर्तित) ले पनि फागुन ८ गते भतिजामाथि यस्तै हिंसा गरेकी थिइन्। जबरजस्ती यौनसम्पर्क गर्न खोज्दा नमानेपछि पार्वतीले भतिजा भगत (नाम परिवर्तन) को संवेदनशील अंग काटिदिएकी थिइन्। घटना हुँदा पार्वतीका पति खाडी मुलुकमा थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेलको ६ महिनाको तथ्यांकअनुसार ३२ जना पुरुषले पत्नी, सासू र नातेदार महिलाबाट पीडित भएको उजुरी दिएका छन्।





Comments

comments

Leave a Reply

5856