कोलोराडोमा शुभकामना साँझ

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष कार्यक्रम आयोजनागरि एक आपसमा शुभकामाना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था नेपालीघर र रकि माउण्टेन्स फ्रेन्डस् अफ नेपालले संयूक्त रुपमा आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन्।

डेनवर्कस्थित नर्थग्लेन हाई स्कूलमा शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाटोपी, गुन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए। कार्यक्रममा नेपाल र नेपाली सांस्कृतिप्रति मायां र सद्भाव राख्ने अमेरिकीहरु पनि कार्यक्रममा सहभागी भएका देखिन्थे।

कार्यक्रमका बिशेष अतिथी डा.बिष्णु श्रेष्ठ तथा नेपाली राजदूतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनालीले संयुक्तरुपमा पानसमा बत्ती बाली उद्घाटन गरिएको थियो । कार्यक्रममा लोक गायक महेश बुढाथोकी बिशेष उपस्थिति रहेको कार्यक्रममा झण्डै ३ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो।

देश भक्तिको गीतबाट सुरु गरिएको शुभकामाना सांझमा अधिकांश मनोरन्जन दिने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। गायक महेश बुढाथोकीले कापलगेडी कुटुक्कलगायत झण्डै आधा दर्जन लोकगीत गाएर सहभागीलाई लठ्ठ बनाएका थिए। त्यस्तै स्थानीय कलाकारहरुले आ–आफ्ना कलाले सहभागीको मन जित्ने प्रयास गरेका थिए। लोक, आधुनिक , देश भक्ति,पप, तथा तथा बिभिन्न जात जातीका गीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरीरहदा आफूलाई नेपाली घरआगनमै भएको महसुस हुन्थ्यो। दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुन्जिरहेको थियो।

आयोजक संस्थाका अध्यक्षद्धय नारायण श्रेष्ठ र शरद आचार्यले कार्यक्रमका अतिथि बिशेष अतिथिहरुलाई खादा पहिर्याएर सम्मान गरेका थिए। कार्यक्रममा बिश्वको सात महादेशको उच्च हिमाल चढेर विश्वमा नेपालको नाम चम्काउन सफल महिला टिमकी टिम लिडर सैली बस्नेतले आफ्नो यात्रा अनुभव सहभागी सामु गर्वकासाथ राखेकी थिईन्।

त्यसैगरी सोही कार्यक्रममा रकि माउण्टेन्स फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न निर्वाचनमा बिजयी पदाधिकारीहरुलाई स्वागत र निवर्तमान पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरी बिदाई गरिएको थियो। कार्यक्रममा उपस्थित सवैलाई आयोजक संस्थाका अध्यक्षद्वयले धन्यबाद दिएका थिए।
हालै नयां निर्वाचित रकिमाउण्टेन्स फ्रेन्डस अफ नेपालका पदाधिकारीहरुलाई स्टेजमा बोलाएर सम्मान गर्नु तथा पुरानो समितिका पदाधिकारीलाई प्रमाण पत्रका साथ बिदा गर्नु, दुबै संस्थासंगै मिलेर जाने बचनबद्धता दोहोर्याउनु सकारात्मक पक्ष रहेको थियो भने तोकिएकै समयमा कार्यक्रम सुरु गर्न नसक्नु, कार्यक्रमा एउटा ब्यानरको ब्याबस्था गर्न नसक्नु, अघिल्ला कार्यक्रमहरुमा जस्तै दर्शकलाई भरपूर मानोरञ्जन प्रदान गर्न नसक्नु र कार्यक्रमको सुरुमा राष्ट्रिय गान नबजाउनु कमजोरी भएको दर्शकको गुनासो छ।





Comments

comments

Leave a Reply

5882