Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सासू, ससुरा र श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

चरिकोट, वैशाख ८ – दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ।


नमूना फाइल फोटो

आफ्नै सासू, ससुरा र श्रीमानको कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

आइतबार बेलुकी लक्ष्मी श्रीमान हरि तामाङ, सासू सुन्तली लामा र ससुरा कार्साङ तामाङको कुटाइबाट सख्त घाइते बनेपछि साधारण उपचारका लागि जिल्लास्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अस्पतालले वीर अस्पताल, काठमाडौँमा रिफर गरेको थियो।

वीर अस्पतालमा उनको उपचार हुन नसकेपछि आज बिहान पौने ४ बजे मृत्यु भएको थियो। उनको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन लामाले बताए।

लक्ष्मीको ६ वर्षीय छोरासमेत रहेको छ। घरमा आफ्नो पक्षका कोही नभइदिँदा र माइती पक्षले ढिला थाहा पाउँदा समयमै उपचार हुन नसकी उनको मृत्यु भएको स्थानीयले बताएका छन्। (रासस)





Comments

comments

Leave a Reply

5896