Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धादिङमा बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो (अपडेट)

काठमाडौं, वैशाख ९ – धादिङको झ्याप्रेखोलामा बुधवार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

र्घटनामा परी १४ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्।

प्रहरीका अनुसार पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बर जिजे १४ एक्स ९९० को बस नागढुंगाबाट केही अगाडि बिहान पौने ७ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको र अप्ठ्यारो ठाउंमा परेकोले उद्धार कार्यमा समस्या परेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हुन सकेको छैन। घटनामा कम्तीमा ४५ जना तिर्थयात्री घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। बसमा ५१ जना यात्रु सवार रहेको धादिङ प्रहरीले जनाएको छ।

घटना भिडियो र समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्

फोटोः सुभक महतो





Comments

comments

Leave a Reply

5910