Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सञ्चारकर्मी उमा सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद

जनकपुरधाम, वैशाख ९ – जिल्ला अदालत धनुषाले पत्रकार उमा सिंहको हत्या भएको आठ वर्षपछि मुख्य योजनाकार स्वामीजी भनिने उमेश यादवलाई जन्म कैदको फैसला सुनाएको छ।

जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले यादवलाई हत्याको दोषी ठहर गर्दै उक्त फैसला गरेको हो। तराई एकता परिषद् नामक सशस्त्र संगठन निर्माण गरेका यादवले सिंहको २०६५ साल पुस २७ गते आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

जनकपुर उपमहानगरपालिकाको रजौलस्थित घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो। सिंहको हत्यापछि उमेश फरार भएर विभिन्न स्थानमा लुक्दै आएका थिए।

प्रहरीले करिब एक वर्षअघि उमेशलाई पश्चिम धनगढीको गौरिफेन्टा भन्ने ठाउँबाट पक्राउ गरेको थियो। पक्राउ गरेपछि उमेशलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई पुर्वपक्षको लागि थुनामा पठाइएको थियो।

घटनामा संलग्न रहेको उमा सिंहको भाउजु ललितादेवी सिंह र उमेश यादवको सहयोगीको भूमिका खेलेका नेमलाल पासवानलाई यसअघि नै अदालतले जन्मकैदको आदेश गरेको थियो।

उनीहरू अहिले महोत्तरी र सिरहा कारागारमा कैदी जीवन बिताइरहेका छन्। (रासस)





Comments

comments

Leave a Reply

5929