Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशी कैदीले नख्खु जेलमा गरे आत्महत्या…

ललितपुर, वैशाख १० – विदेशी एक कैदीले ललितपुरको नख्खु कारागारमा आत्महत्या गरेका छन्।

आत्महत्या गरेका कैदी फेन्च नागरिक जीन पेरी सउससे हुन्। ६२ वर्षीय सउससे लागू औषध मुद्धामा १६ वर्ष कैद र ७ लाख जरिवाना सजाय भोगिरहेका थिए। सउससेले आत्महत्या गरेको ललितपुरका डिएसपी किसनसिंह थापाले जानकारी दिए।

थापाका अनुसार उनले नाइनल झोलालाई डोरी बनाइ पासो लगाएर आत्महत्या गरेका हुन्। केही महिनाअघि मात्र उनी जगन्नाथदेवलबाट नख्खुमा सरूवा भएका थिए।

एउटै रुममा तीन जना सुत्थे बिहान अरु साथी नउठ्दै नुहाइधुवाइ गरेर आत्महत्या गरेको फेला परेका थिए। राति १० बजेदेखि बिहान पाँच बजेसम्म कैदी कोठमाबाट बाहिर निस्कन नपाउँने त्यहाँको नियम रहेको छ। पाँच बजे ढोका खोलेपछि आफ्नो नित्यकर्म गरेर आत्महत्या गरेको देखिन्छ, जेलर चक्रपाणी गौतमले बताए।





Comments

comments

Leave a Reply

5935