नर्दन क्यालिफोर्नियाको निर्वाचनमा पूर्ण शेर्पाको प्यानल बिजयी

मनि नेपाली / एचकेनेपाल डट कम –
सान फ्रान्सिस्को। नेपाली जनसंपर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको आइतवार भएको पाँचौ अधिबेशनमा सम्पन्न निर्वाचनमा पूर्ण शेर्पा तथा उनका सम्पूर्ण समूह भारीमतले बिजयी भएका छन्।

रातभरको मत गणना पश्चात सोमबार बिहान प्रमुख निर्वाचन आयुक्त विश्वनाथ भण्डारीले सभापतिका प्रत्यासी पूर्ण शेर्पाले कूल खसेको १३७६ मत मध्ये ८१० मत प्राप्त गरी बिजयी भएको घोषणा गरे। सभापतिका अर्का प्रत्यासी प्रतिक पाण्डेले ५४६ मत प्राप्त गरेका थिए।

सभापति, उप-सभापति, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरु गरी १७ स्थानमा नै पूर्ण शेर्पाको प्यानलले आफ्नो कब्जा जमायो। बिजयी हुने उम्मेदवारहरुले आफ्ना प्रतिद्वन्दीहरुलाई ११८ देखि २६४ मतको अन्तरले जितेका छन्। बिजयी उम्मेद्वारहरुमा सभापति पूर्ण शेर्पा, उप-सभापति तारा बराल, उप-सभापति लक्ष्मी कार्की, सचिव हरी भट्ट, सह-सचिव तेज प्रसाद (बिनोद) पौडेल, कोषाधक्ष गोमा लिम्बु तथा सदस्यहरु नारायण खनाल, दिपक प्रधान, नबिन बुढाथोकी, सुनिल पौडेल, शिल्पा शाक्य, गोपाल बस्नेत, पुष्पराज राना, राम कुवँर (सन्दिप), ध्रुब दाहाल, पुष्पराज गौतम, सनी लामा रहेका छन्।

जनसंपर्क समिति अमेरिकाका केन्द्रिय सभापति आनन्द बिष्टको प्रमुख आतिथ्य तथा निवर्तमान सभापति चन्द्र धितालको सभापतित्वमा सम्पन्न अधिबेशन समारोहमा केन्द्रिय प्रतिनिधि धर्म श्रेष्ठ, नेपाली काँङ्ग्रेस महासमिति सदस्य बेद खरेल बिशिष्ट अतिथीको रुपमा उपस्थित थिए। जनसंपर्क समिती अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका पूर्वसभापति बिनोद भट्टले सञ्चालन गरेको नर्दन क्यालिफोर्निया च्याप्टरको यस प्रमुख निर्वाचन आयुक्त विश्वनाथ भण्डारी, निर्वाचन आयुक्त डा आमोद पोखरेल, हरिहर दाहाल च्याप्टरका सस्थापक सभापति बैकुण्ठ खनाल, पूर्व सभापति ज्ञानदीप, लामा, सल्लाहकार हेमा पनेरु, च्याप्टरका पूर्व सल्लाहकार मणी नेपाली पनेरु, नेपाली काङ्रेसका नेताहरु बिष्णु शाह तथा दिपक थापा, बरिष्ठ समाजसेवी दुर्गा दाहाल, बुद्धि बिनोद दाहाल, पत्रकार सुमन गैरे, समाजसेवी विश्व भट्ट, युबराज भट्टलगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति थियो।

नेपाली जनसंपर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टर पाचौं अधिवेशनमा महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको थियो। अतिथिको रुपमा नेपाली जनसंपर्क समिति अमेरिका केन्द्रिय बरिष्ठ ऊपसभापति धनञ्जय नरसिंह के.सी, उपसभापति चेत प्रसाद (CP) पौडेल, त्रैलोक्य प्रताप सेन, विध्यासगर योन्जन, नविन पोखरेल, केन्द्रिय सचिव इश्वर सापकोटा, केन्द्रिय सदस्य ॐ भट्टराइ, किलन राइ, गोकुल ढकाल, पूर्व केन्द्रिय सदस्य डा अनुप श्रीवास्तव, लस एन्जलस च्याप्टरका पूर्व सभापति टिका चौधरी, पूर्व केन्द्रिय सदस्य हेमराज भट्ट, भक्त थापा नान्स तथा एन सि सि तथा वानाका अध्यक्ष उत्तम कार्की, बरिष्ठ समाज सेवी दुर्गा दाहाल, बुद्दी बिनोद दाहाल, स्थानीय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत धेरै मह्त्वपूर्ण व्यक्तित्वहरु सो अधिबेशनमा सहभागी भएका थिए। नर्दर्न क्यालिफोर्निया च्याप्टरको सो पाचौं सम्मेलन मा १५०० भन्दा धेरै सहभागीहरु उपस्थित भएको बताइन्छ।

नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सभापति आनन्द बिष्टले सभापति पदमा निर्वाचित हुनु भएका पूर्ण शेर्पासहित सम्पूर्ण नव निर्वाचित नेतृत्वप्रति हार्दिक बधाई व्यक्त गर्दै सहमति र एकताको भावनाले सबैलाई समेटेर काम गर्न सुझाए । आन्तरिक नेतृत्व चयनमा भएको अभ्यासलाई कसैले पनि हार र जितको अर्थमा नबुझ्न उनले आग्रह गरे | यस्तै उनले शुभकामना सन्देश मार्फत नेपाली जनसम्पर्क समितिको संगठन विस्तार र सामाजिक सेवाको क्षेत्रमा स्वयमसेवी भएर काम गर्नुपर्ने गहन जिम्मेवारी आएको भन्दै सम्पूर्ण टिमले यो जिम्मेवारीलाई सबैले होस्टेमा हैंसे गर्दै काँधमा काँध मिलाएर पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।

‘संगठनभित्रको यो आन्तरिक नेतृत्व चयनको अभ्यासमा सहभागी हुनु भएका प्रतिक पाण्डे र अन्य सबै साथीहरुले यो संगठनका प्रति देखिएको जिम्मेवारीवोधको म उच्च सह्राहना गर्दछु’, बिष्टले भने- ‘यो अभ्यासमा सहभागी हुनु भएका सबै साथीहरुलाई समेटेर नव निर्वाचित नेतृत्वले काम गरोस् ।’ ‘सुन्दर नगरी सन् फ्रान्सिस्कोमा भव्यतापूर्वक निर्धारित समयमा नै अधिवेशन सम्पन्न गराएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सफल च्याप्टरका निवर्तमान सभापति चन्द्र धितालसहित उहांको नेतृत्वका सबै साथीहरु, निर्वाचन समितिका साथीहरु, सबै सदस्यहरु र हामीलाई न्यानो र आत्मीय आतिथ्यता प्रदान गर्नुहुने बे एरियाका सबै दाजुभाई, दिदीबहिनी, मित्रजन र समितिका सबै सदस्यहरुप्रति म हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु’, बिष्टले शुभकामना सन्देशमा लेखेका छन्।

निवर्तमान सभापति चन्द्र धिताल तथा उनको कार्यसमितिले अत्यन्त तदारुकताका साथ २०३१ साधारण सदस्यता बनाए पश्चात नर्दन क्यालिफोर्निया च्याप्टर अमेरिकाका रहेका अन्य २६ च्याप्टर मध्ये महत्वपूर्ण च्याप्टरको रूपमा दरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5941