तेजाब हान्‍नेलाई मृत्युदण्डको सजाय

एजेन्सी, छात्रामाथि तेजाब हान्‍ने एक युवालाई बंगलादेशको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २०१२ मा एक स्कूले छात्रामाथि तेजाब हान्‍ने युवा अरिफउल इस्लामलाई स्थानीय रंगपुर जिल्लाको अदालतका न्यायाधीश मन्जुरुल बासिदले बुधबार मृत्युदण्डको सजाय सुनाएका हुन्।

बीडीन्यूज२४ का अनुसार रंगपुरका जिल्ला न्यायाधीश मन्जुरउल बासिदले तेजाब हान्ने घटनामा दोषी ठहरिएका आरिफउल इस्लामलाई मृत्युदण्ड र उनका दुर्इ अलल मिहा र दुलल हुसैनलार्इ जन्मकैदको सजाय सुनाएको समाचार अन्नपूर्णपोष्ट अनलाइनमा छ।

तेजाब हमलाको घटना सन् २०१२ अगस्ट १३ तारिखमा भएको थियो। तेजाबले लागेर ती छात्राले दुबै आँखाको दृष्टि गुमाएकी थिइन्। उनी बंगलादेशको दक्षिणी बाबुखामा बस्दै आएकी थिइन्।

अदालतले तीनै जना दोषीबाट एक लाख टका आर्थिक जरिबाना गराउने फैसला पनि सुनाएको छ। सो जरिबाना रकम पीडित छात्रालार्इ प्रदान गरिनेछ। यो घटनामा संलग्न भनिएका अन्य अभियुक्तहरु अरेफिन र रसेललार्इ भने अदालतले सफाइ दिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5946