Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महामारी झन् फैलिँदै, मर्नेको संख्या २९ पुग्यो

जाजरकोट, वैशाख ११– एक महिनादेखि फैलिएको महामारीका कारण जाजरकोटमा बिहीबार थप दुईजनाको मृत्यु भएको छ।

ढिमे– ५, खुर्पाका ५५ वर्षीय चमारे रावल र अर्छानी– ३, दत्तिओरकी ६१ वर्षीया अम्बा जैसीको मृत्यु भएको हो। योसँगै महामारीबाट मर्नेको संख्या २९ पुगेको छ।

पाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित रावल र दमको रोगले थलिएकी जैसीको उपचार अभावमा मृत्यु भएको समाचार नागरिक दैनिकमा छ। महामारीबाट अतिप्रभावित पैंकसँग सिमाना जोडिएको ढिमेमा सयौं बिरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। ढिमेमा गत सातादेखि महामारीको प्रभाव देखिएको थियो भने अर्छानीमा चारजनाको मृत्यु भइसकेको छ।





Comments

comments

Leave a Reply

5957