Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तपाईले फेसबुकलाई धनी बनाउंदै, फेसबुकले चालु वर्षमा कति कमायो?

एजेन्सी – फेसबुकले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अपेक्षाभन्दा बढी नाफा गरेको छ। मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्यामा पनि वृद्धि भएको फर्मले जनाएको छ।

यो सामाजिक सञ्चारमाध्यमले समीक्षा अवधिमा ५१ करोड २० लाख डलर नाफा गरेको छ। यो नाफा अपेक्षाभन्दा बढी भए पनि गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कम हो। तर, आम्दानी भने ४२ प्रतिशतले वृद्दि भई ३.५ अर्ब डलर पुगेको समाचार कारोबार दैनिकमा छ।

फेसबुकको सक्रिय मासिक प्रयोगकर्ताको संख्या पनि गत वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि भई १ अर्ब ४४ करोड पुगेको छ। यस फर्मका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गले यो वर्षको सुरुवात मजबुत भएको बताएका छन्। अपेक्षाभन्दा बढी नाफा भएपनि लगानीकर्ता भने मन्द आम्दानीप्रति चिन्तित देखिएका छन्।





Comments

comments

Leave a Reply

5954