Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन नेपाल आइन् हलिउड हिरोइन मिसेल ?

काठमाडौं, वैशाख ११ – अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघको एसिया प्यासिफिक खेलकुद कंग्रेसमा सहभागी हुन नेपाल आएकी हलिउड अभिनेत्री मिसेल योहले बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सबैले पहल गर्नुपर्ने बताएकी छन्।

‘विश्वमा प्रत्येक दिन पाँच सय बालबालिकाले ज्यान गुमाउनुपरिरहेको छ,’राजधानीमा बिहीबार आयोजित कंग्रेसको उद्घाटन कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सडक सुरक्षामा पहिलो प्राथमिकता बालबालिका हुनुपर्छ।’

उनले मे महिनाको पहिलो साता आयोजना हुने सडक सुरक्षा कार्यक्रम पनि भव्यताका साथ मनाउन अनुरोध गरिन्।

मोटर खेलकुदको संभ्याव्यतामाथि छलफल गर्न नेपाल अटोमोबाइल एसोसिसनको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघका अध्यक्ष जिन टोडसँग उनी नेपाल आएकी हुन्।

अध्यक्ष टोड र मिसेल सन् २००८ देखि ‘इन्गेज्ड’ छन्। मिसेल बिहीबार नै काठमाडौं उत्रिएकी हुन्। उनी सडक सुरक्षा अभियानको विश्व सद्भावना दूत हुन्।

काठमाडौं बसाइको क्रममा उनी विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने समाचार अन्नपूर्णपोष्ट अनलाइनमा छ। आयोजकका अनुसार शुक्रबार उनी सडक दुर्घटना पीडितसँग अन्तरक्रिया गर्दैछिन् भने नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

यस्तै शनिबार उनले व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिका सदस्यसँग अन्तरसंवाद गर्ने कार्यक्रम छ। शनिबार साँझ उनी द्वारिका होटेलमा युवा तथा खेलकुदमन्त्रीले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने बताइएको छ।

नेपाल बसाइको क्रममा नेपाली कलाकारसँग पनि छलफल गर्ने योजना भए पनि तय भइनसकेको आयोजक ले जनाएको छ। ५३ वर्षअघि मलेसियामा जन्मिएकी मिसेलले ३१ वर्षअघिदेखि फिल्मी करिअर सुरु गरेकी हुन्।

हङकङमा निर्माण हुने एक्सन चलचित्रमा स्टन्ट गरेर चर्चित बनेकी मिसेल चीनको बाघ संरक्षण अभियानकी संरक्षक पनि हुन्। सन् २०११ मा बनेको चलचित्र ‘द लेडी’ मा उनले आङसाङ सुकीको भूमिका निर्वाह गरेकी थिइन्।





Comments

comments

Leave a Reply

5951